२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः यस्ता छन् लागू भएका नयाँ नियम जसले आईपीएललाई थप रोमाञ्चक बनाउँदैछ



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मार्च २२ बाट सुरु हुन गइरहेको छ र फेरि एक पटक सबै १० टोलीहरूबीच चम्किलो ट्रफी जित्नको लागि भिडन्त हुनेछ ।

मोहम्मद शामी जस्ता प्रतिभाशाली बलर र जेसन रोय जस्ता विस्फोटक ब्याट्सम्यान लगायत धेरै खेलाडीले विभिन्न कारणले यस पटकको आईपीएल खेल्न नसकेपनि केही नयाँ नियमले २०२४ मा हुने यो प्रतियोगितालाई विशेष बनाउँदैछ ।

यहाँ हामी केही नयाँ नियमहरू बारे जानौं, जुन हामी इन्डियन प्रिमियर लिगको आगामी सिजनमा देख्नेछौं ।

बलरहरूले १ ओभरमा २ बाउन्सर बलिङ गर्न सक्नेछन्
यदि हामी अन्तर्राष्ट्रिय स्तरमा खेलिएका टी–२० म्याचहरूको कुरा गर्छौं भने, एक बलरले एक ओभरमा एउटा मात्र बाउन्सर बल गर्न सक्छ ।

अहिलेसम्म आईपीएलमा पनि यस्तो भइरहेको थियो तर २०२४ सिजनमा यो नियम परिवर्तन गरिएको छ । अब बलरले एक ओभरमा २ बाउन्सर बल गर्न सक्नेछन् । यसअघि यो नियम भारतको टी–२० घरेलु प्रतियोगिता सैयद मुश्ताक अली ट्रफीमा प्रयोग भइसकेको छ । यसले बलरहरूलाई फाइदा पुर्‍याउनेछ र प्रतिस्पर्धाको स्तर पनि बढ्छ ।

डीआरएसको स्थानमा स्मार्ट रिभ्यु सिस्टम
आईपीएल २०२४ मा अर्को नयाँ नियम अब डीआरएसको सट्टा स्मार्ट रिभ्यु सिस्टम प्रयोग गरिनेछ । ईएसपीएन क्रिकइन्फोको रिपोर्टका अनुसार अब फिल्डमा ८ वटा हक–आइ क्यामेरा जडान गरिने छ, जसले थप सही निर्णय लिन मद्दत गर्नेछ ।

अब टिभी अम्पायरलाई एउटै कोठामा दुई हक–आई अपरेटर बसेर मैदानमा भइरहेका गतिविधिमाथि निगरानी राख्न सक्नेछन् ।

अहिलेसम्म टिभी प्रसारण निर्देशकले टिभी अम्पायर र हक–आइ अपरेटरबीच सम्पर्कको भूमिका निर्वाह गर्ने गरेको भए पनि अब हक–आइको क्यामेराबाट खिचिएका तस्विर टिभी अम्पायरकै अगाडि नै प्रस्तुत गरिने भएको छ ।