लन्डन । बिहीबार एफएकपमा चेल्सीले ब्रानस्लीमाथि १–० को झिनो अन्तरको जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ । खेलको एक मात्र निर्णायक गोल टमी अब्राहिमको नाममा रह्यो ।
अब चेल्सीले अन्तिम आठमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ । दोस्रो डिभिजनको च्याम्पियनसिप क्लब ब्रानस्लीले चेल्सीविरुद्ध बलियो चुनौती खडा गरेको थियो ।