२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई फिफा क्लब वर्ल्डकपको उपाधी



अ+ अ-

दोहा । बिहीबार बायर्न म्युनिकले टाइग्रेसलाई हराएर फिफा क्लब वर्ल्डकप जितेको छ । बेन्जामिन पभार्डले गरेको एक मात्र गोलमा बायर्नले जित हाँसिल गरेका हो । बायर्न अब यूईएफएकप, जर्मन सुपरकपसँगै नयाँ क्लब विश्व च्याम्पियन पनि भएको छ । यसअघि उसले जर्मन लिग र कपसँगै च्याम्पियन्स लिग पनि जितेको थियो ।

रोबर्ट लेवनडोस्की अफसाइडमा रहेको भन्दै सुरुमा पभार्डको गोलले मान्यता पाएको थिएन । तर पछि त्यसलाई ‘भार’ ले उल्ट्याएको थियो । यसअघि जोसुआ किमिचको गोललाई भने ‘भार’ ले मान्यता दिएको थिएन ।

गत सिजन लिभरपुलले यो उपाधि जितेको थियो । आठ वर्षयता लगातार युरोपकै क्लबले फिफा वर्ल्डकप जित्दै आएका छन् । मेक्सिकोको टाइग्रेस भने फाइनल पुग्ने पहिलो उत्तर तथा मध्य अमेरिकाी टिम बन्यो ।