३० कार्तिक २०८१, शुक्रबार
,
Latest
‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, स्टार स्पोर्ट्समा लाइभ आउने भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि: मन्त्री खड्का स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छः गृहमन्त्री लेखक रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितका गुनासो सुन्न अब प्रत्येक जिल्लामा छुट्टै डेस्क



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासो सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अलग्गै डेस्क स्थापना गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै कार्यालयमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकि सहजीकरण डेस्क स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न भनेको हो ।

यसैगरी मिटरब्याजसम्बन्धी पीडितका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको जानकारीसमेत मन्त्रालयले गराएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच गत फागुन २८ गते चार बुँदे सहमति भएको थियो । योसँगै मिटरब्याज पीडितको आन्दोलन स्थगित भएको थियो ।