१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल



अ+ अ-

काठमाडौँ। दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ ।

कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ ।

छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र समुदायमैत्री बनाउन सुझाव दिएका थिए ।

त्यस अवसरमा महावाणिज्यदूत हरिप्रसाद ओडारीले प्राप्त सुझाव आफ्ना निम्ति मार्गदर्शक हुने बताउँदै सबै सहभागीप्रति आभार व्यक्त गर्नुभयो । साथै, उहाँले नेपाली समुदायसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका विशेषगरी दुबई तथा उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले दुबईमा महावाणिज्यदूतावास स्थापना गरेको हो ।

महावाणिज्यदूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमसम्बन्धी सेवा तथा आपत्कालीन कन्सुलर सहायता उपलब्ध गराउँदै आएको छ । रासस