• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

आईपीएलः चेन्नई र बैंगलोरबीचको खेलका लागि टिकट किन्न नपाएपछि आक्रोशित बने फ्यान



एजेन्सी । चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच मार्च २२ मा हुने खेलको टिकट बुकिङ सुरु भएको छ । यो आईपीएल २०२४ को उद्घाटन खेल हुनेछ ।

यो खेलको टिकट सोमबार बिहानैदेखि बिक्री सुरु भएको थियो र टिकट खुल्ने वित्तिकै हजारौंको लामो लाइन लागेको थियो । टिकट अनलाइन बिक्री भइरहेको छ। फ्यानहरूले टिकटहरू किन्न अनलाइनमा धेरै प्रयास गरे । तर, हजारौं फ्यानहरू निराश भए ।

टिकट बुकिङ सुरु हुनेबित्तिकै हजारौं फ्यानहरू अनलाइन लाइनमा बसेका थिए । चेन्नई र बैंगलोरको लागि टिकट मूल्य रु १७०० बाट सुरु हुन्छ । बुकिङ सुरु भएको केही समयपछि वेबसाइट पनि क्र्यास भयो । वास्तवमा, खेलको टिकट पेटीएम इनसाइडरमा बिक्री भइरहेको छ ।

यहाँ हजारौंको लामका कारण वेबसाइटले काम गर्न छाड्यो । पेटीएमले सामाजिक सञ्जालमा पनि यसबारे जानकारी दिएको छ । उसले वेबसाइटमा प्राविधिक समस्या रहेको र छिट्टै समाधान गरिने बताएको छ ।

यस खेलका टिकटहरू धेरै दायराका हुन्छन् । यहाँ रु १७०० देखि रु. ७५०० सम्मको टिकट छ । तर हजारौं फ्यानले टिकट पाउन सकेका छैनन् । टिकट नपाएको भन्दै फ्यानले सामाजिक सञ्जालमा धेरै पोस्ट सेयर गरेका छन् । टिकट नपाउँदा फ्यानहरु निकै निराश छन् ।

रेकर्ड हेर्ने हो भने यी दुई टोलीबीच अहिलेसम्म कुल ३१ खेल खेलिएका छन् । यस अवधिमा चेन्नईले २० खेल जितेको छ । जबकि बैंगलोरले १० खेल जितेको छ ।