१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस राष्ट्रपति चुनाव: ९५.०४ प्रतिशत मत गणना, पुटिन ८७.३२ प्रतिशत मतका साथ अगाडि



अ+ अ-

एजेन्सी । राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुन: चुनाव जित्ने तयारीमा हुनुहुन्छ । उहाँले सोमवार बिहान राष्ट्रिय विकास लक्ष्यहरू प्राप्त गर्न सक्दो प्रयास गर्ने बताउनु भयो । रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५.०४ प्रतिशत मतगणनापछि ८७.३२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ । मस्कोस्थित अभियान मुख्यालयमा पुटिनले सबै दिशामा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रवारबाट शुरु भएको छ ।

अन्तिम परिणामहरू मार्च २८ भन्दा पछि सिइसीद्वारा पुष्टि गरिनेछ । पुष्टि भएको तीन दिन भित्र घोषणा गरिनेछ ।