७ भाद्र २०८३, आईतवार
,
Latest
जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुस्ती संघको अध्यक्षमा कुसारी



अ+ अ-

काठमाडौं । नेपाल कुस्ती संघको चुनावी सधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य प्रकाशकुमार कुसारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा मुकेश शाह, सूर्यान्सकुमार चौधरी र निर्मल सिग्देल, महासचिवमा कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोजकुमार कटुवाल र सूर्यनारायण शाह तथा कोषाध्यक्षमा विपुल पौडेल रहेका छन् ।

सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, ऐटनकुमार मल्ल, लक्ष्मी उराव र विक्रमसागर पोखरेल सदस्यमा चयन भए ।

साधारणको राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । साधारण सभामा केन्द्र, ४ प्रदेश र २२ जिल्लाका ५२ प्रतिनिधिको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष कुसारीले जनाएका छन् ।

अब समान १–१ वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र उपमहासचिव, ३ सचिव र ६ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने अध्यक्ष कुसारीले जानकारी गराए ।