• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै युवायुवतीले यसरी गरे प्रर्दशन (फोटो फिचर)



काठमाडौं । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा सनिबार पनि युवायुवतीले प्रर्दशन गरेका छन् । 

आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडीतलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारवाही नभएपछि त्यसको विरोधमा दोषिलाई कारवाही, पिडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाण्डौमा दिनहुँ प्रर्दशन हुदै आएको छ ।