२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनाव भए पनि आईपीएल २०२४ भारतमा मात्रै हुने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन मार्च २२ बाट सुरु हुँदैछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हालसम्म भारतमा हुन लागेको लोकसभा चुनावका कारण पहिलो चरणका खेलहरुको मात्रै घोषणा गरेको छ ।

शनिबार चुनावको मिति घोषणा भएपछि बीसीसीआई सचिव जय शाहले आइपिएलको दोस्रो चरणका खेल पनि भारतमै हुने पुष्टि गरेका छन् ।

भारतमा भएको एकदिवसीय विश्वकपका क्रममा आईपीएलका अध्यक्ष अरुण धुमालले लोकसभा चुनाव भए पनि आईपीएल भारतमा मात्रै खेलिने बताएका थिए ।

निर्वाचन आयोगले यस वर्ष सात चरणमा मतदान हुने र पहिलो चरणको निर्वाचन अप्रिल १९ मा हुने शनिबार जनाएको छ । जबकि मतगणना जुन ४ मा हुनेछ । २०१९ मा भएको लोकसभा चुनावमा बीसीसीआईले यस्तै परिस्थितिको सामना गर्नुपरेको थियो, त्यसबेला पनि पूरै सिजन भारतमा खेलाइएको थियो ।

बीसीसीआईले यसअघि मार्च २२ देखि अप्रिल ७ सम्म हुने पहिलो चरणका पहिलो २१ खेलको खेलतालिका सार्वजनिक गरेको थियो । आईपीएल सुरु हुन अब पाँच दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा सम्पूर्ण टोलीले तयारी सुरु गरेका छन् । खेलाडीहरु आ–आफ्नो टोलीको क्याम्पमा सामेल भएका छन् । प्रतियोगिताको उद्घाटन खेल शुक्रबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेपौक स्टेडियम, चेन्नईमा हुनेछ ।

अर्को बीसीसीआई स्रोतले भने कि अब चुनावको तालिका आइसकेको छ । त्यसैका आधारमा थप कार्यक्रमहरू तयार गरिँदैछ । मतदानका सात चरणहरू छन्, जसमा मतदान हुने चरणहरूमा खेलहरू आयोजना गरिनेछैन । उदाहरणका लागि, जब लखनउ, कोलकातामा खेलहरू हुन्छन्, त्यसपछि अहमदाबाद वा दिल्लीमा खेलहरू राख्न सकिनेछ ।

जब उत्तरी राज्यहरूमा चुनाव हुन्छ, दक्षिणी राज्यहरूमा चुनाव गराइनेछ । यस कारण, होम–अवे ढाँचा पूर्ण रूपमा पालना नहुन सक्छ । होम अवे ढाँचामा टोलीले लिगका आधा खेल आफ्नै मैदानमा र बाँकी अन्य टोलीको घरेलु मैदानमा खेल्ने गर्छन् ।