२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता

रविमाथि आक्रामक कांग्रेस : गुह्य रहस्य के ?

रविमाथि आक्रामक कांग्रेस : गुह्य रहस्य के ?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रश्नको घेरामा परेका छन् । नयाँ गठबन्धन सरकार बनेको दुई साता नबिन्दै विपक्षी कांग्रेले प्रधानमन्त्री र गृहमन्त्रीलाई दबाबमा पारेको छ । जबकी सामान्यत: नयाँ सरकार बनेपछि एक सय दिनलाई हनिमुन पिरियडको रुपमा निर्वाध काम गर्ने मौका दिने चलन छ ।

सत्ताबाट जबरजस्ती बाहिरिनुपर्दाको पीडा र छटपटाहट नेपाली कांग्रेसमा देखिन्छ । गठबन्धनबाट बाहिरिएकै दिन प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने चाल चालेको कांग्र्रेस त्यसमा असफल भएपछि अहिले गृहमन्त्रीको विषयलाई लिएर संसद् अबरुद्ध पार्न थालेको छ । उसले गृहमन्त्रीप्रति आशंकाका आधारमा आक्रमण सुरु गरिसकेको छ । जबकी गृहमन्त्री अहिलेसम्म कुनै पनि विषयमा अभियुक्त पुष्टि भएका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि सुशासनका विषयमा खरोरुपमा उत्रने संकेत दिइसकेका छन् । उनले सहकारीपीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । मिटरब्याजपीडितसँग वार्ता गरेर आन्दोलन स्थगित गराएका मात्र छैनन्, यसबारे छानबिन गर्ने दृढता व्यक्त गरेका छन् । उनले यो काम गर्न आयोग नै गठनको तयारी गरेका छन् । यसले जनतामा नयाँ सन्देश पनि गएको छ ।

रविले अहिले सहकारीपीडितका समस्या समाधान गर्ने आश्वासनसमेत दिएका छन् । तर उनी आफैं भने सहकारी पीडकको आरोप खेपिरहेका छन् । उनले सहकारीबाट रकम अपचलन गरेको पुष्टि भए त्यसको सजाय भोग्नैपर्छ । तर विपक्षी नेपाली कांग्रेसले लामिछानेले प्रमाण नष्ट गर्ने मात्र नभएर छानबिन नै प्रभावित पार्न सक्ने आशंका गरेको छ । त्यही कारण संसद्को बैठकसमेत अबरुद्ध गर्न थालेको छ । कांग्रेसले शंकाकै आधारमा संसद् बैठक अबरुद्ध गर्नु कति उचित हो, त्यो जनताले मूल्यांकन गर्ने विषय हो ।

सुन तस्करी जाँचबुझ आयोगले बुझाएको प्रतिबद्धता तत्कालै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लामिछानले केही काम गर्न खोजिरहेका छन् । उनले सुन तस्करी प्रकरणको छानबिनलाई नयाँ शिराबाट अघि बढाउने उद्घोष मात्र गरेका छैनन्, प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खोलिसकेका छन् । मन्त्रिपरिषद्बाट पतिवेदन कार्यान्वयन गर्ने निर्णय गराएर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई पक्राउ गरेका छन् । दीपेश तिनै व्यक्ति हुन्, जो सुनकाण्डमा मात्र नभएर सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिसमेत हुन् । यदि रविले उनलाई पक्राउ नगरेको भए प्रश्न गर्ने ठाउँ हुने थियो । तर सुरुवातमै एउटा शक्तिशाली नेताका छोरालाई पक्राउ गरेर उनले शाहसीक कामको सुरुवात गरिसकेका छन् ।

रविले आफू विपक्षमा हुँदा जुन तरिकाले सरकारमाथि प्रश्न उठाउने गरेका थिए, अहिले जवाफ दिने ठाउँमा छन् । यो ठाउँमा पुगेपछि उनले अहिलेसम्म कुरा फेरेका छैनन् । बरु कामको सुरुवात गरिसकेका छन् । तर रविको काम देखेर कांग्रेसका नेताहरु तिल्मिलाउन थालेका छन् । उनीहरु अब आफूहरुले विगतमा गरेका गल्ती पत्ता लगाएर रविले कारबाहीको दायरामा ल्याउँछन् कि भन्नेमा देखिन्छन् । विगतमा नक्कली भुटानी शरणार्थी र बालुवाटारस्थित ललिता निवास प्रकरणको छानबिन गर्दा अतालिएका कांग्रेस अहिले फेरि त्यस्तै भएको छ । त्यही कारण उसले रविलाई तारो बनाइरहेको छ ।

रविमाथि प्रश्न उठाइरहेका कांग्रेसले आफूले विगतमा गरेका गल्ती र जनताको पक्षमा गर्न नसकेका कामको कुनै आत्मालोचना गर्न सकेको छैन । सरकारमा झन्डै एक वर्ष विताउँदा देश र जनताका लागि कांग्रेसका मन्त्रीहरुले सम्झनायोग्य के काम गरे त्यसको जवाफ पार्टीले दिन सकेको छैन । सहकारी ठगी प्रकरणको छानबिन प्रभावित बनाउँछन् भनेर आशंका गर्दै अहिले उनीहरु विरोधमा उत्रिएका छन् । सहकारी ठगी प्रकरण अहिले आएको कुरा पनि होइन । लामो समयदेखि यो चर्चामा थियो । त्यस बेला कांग्रेसबाटै गृहमन्त्री भएका व्यक्तिले किन छानबिन गर्न सकेनन् ? अहिले रविले छानबिन अघि बढाउँछु भन्दा कांग्रेस अतालिनुको कारण के हो ?

सत्तामा बस्दा जनताका समस्या समाधान गर्न कुनै सिन्को समेत नभाँच्ने कांग्रेसका नेताहरु अहिले प्रतिपक्षमा पुग्ने वितिक्कै जनताका कुरा भन्दै आफ्ना कर्तुत लुकाउन तल्लिन छन् । सहकारी प्रकरणमा निष्पक्ष छानबिनमा सहयोग गर्छु भन्ने दृढता देखाउनुपर्ने कांग्रेसले उनै गृहमन्त्रीलाई असफल पार्ने खेलमा लागेको छ । कांग्रेसले गृहमन्त्रीको कुरा उठाएर प्रधानमन्त्रीलाई समेत अप्ठ्यारो पार्ने रणनीति बनाएको छ ।

गृहमन्त्री रविलाई राजीनामा गर्न बाध्य पार्न सके गठबन्धन कमजोर हुने अपेक्षा कांग्रेसको छ । रविको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री अल्पमतमा पर्ने र त्यसपछि सके आफ्नै नेतृत्वमा सरकार बनाउने नभए मिलेर सरकारमा पुग्ने उसको योजना देखिन्छ । त्यही कारण उसले प्रधानमन्त्री दाहालमाथि पनि दबाब बढाउँदै गरेको छ । तर कांग्रेसको यो कच्चा कदमले मूर्त रुप लिनेमा भने कुनै आधार देखिँदैन ।