३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी सात अंकले अगाडि



अ+ अ-

लन्डन । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा सात अंकको अग्रता खोल्नको लागि म्यानचेस्टर सिटीले टोटनहमलाई सजिलै ३–० ले हरायो । सिटीले आफ्नो अपराजित यात्रालाई शनिबार १५ खेलसम्म पुर्‍याएको छ । 

यसमा इलकयी गुन्डोगनले दुई तथा रोडीले एक गोल गरे । यो जितपछि सिटीको २३ खेलबाट ५३ अंक भएको छ । लेस्टर सिटी ४६ अंकसाथ दोस्रो स्थानमा उक्लेको छ ।

उसले लिभरपुललाई अर्को खेलमा ३–१ ले हरायो । शनिबारको अर्को खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेर पुछारतिर आफ्नो पकड बलियो बनायो । बर्नलीको २६ अंक भएको छ । शनिबार नै ब्राइटन र एस्टन भिल्लाबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।