२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीको सिरी ‘ए’: मिलान र युभेन्टस दुवै पराजित



अ+ अ-

मिलान । शनिबार इटालीको सिरी ‘ए’ मा भएको खेलमा एसी मिलान र युभेन्टस दुवै पराजित भएका छन् । शीर्ष स्थानमा रहेको मिलानलाई स्पेजियाले २–० ले पराजित गरेको हो । सन् २०१० सम्म चौथो डिभिजनमा खेलिरहेको स्पेजिया यसै सिजन सिरी ‘ए’ मा उक्लेको हो । यसका लागि गुजियो मागोरे र सिमोन बास्टोनीले गोल गरे ।

यसपल्ट मिलान लिगमा पराजित भएको यो तेस्रो खेल मात्र हो । अब छिमेकी इन्टर मिलानसँग शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ । मिलानको ४९ अंक छ भने इन्टर एक खेल कम खेलेर ४७ अंकमा छ ।

युभेन्टस भने नेपोलीबाट १–० ले पराजित रह्यो । डिफेन्डिङ च्याम्पियन युभेन्टस ४२ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।