• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो

गृहमन्त्री रविले आज क–कसलाई गर्दैछन् कारबाही ?



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आजैदेखि कार्यान्वयनको तयार थालेका छन् । आयोगले सुन तस्करीमा संलग्नलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको ठहर गरेको छ ।

आयोगले गृहमन्त्री लामिछानेलाई हिजो प्रतिवेदन बुझाएको थियो । लगत्तै उनले लामो समय लगाएर प्रतिवेदन अध्ययन गरेका थिए । प्रतिवेदनले सुन तस्करीमा संलग्न मुख्य अभियुक्तहरुलाई नै बचाउने गरी अनुसन्धान गरिएको देखाएको छ ।

गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा बचाउन खोजिएका व्यक्ति र बचाउन खोज्ने दुवैविरुद्ध एक्सन लिने तयारी गरेका छन् । त्यसका लागि उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै छन् ।

उनले आजै गृहसचिव र प्रहरी प्रमुखसहितको बैठक बोलाएका छन् । यो बैठकलगत्तै उनले कारबाही गर्ने बताइएको छ ।