२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री रविले आज क–कसलाई गर्दैछन् कारबाही ?



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आजैदेखि कार्यान्वयनको तयार थालेका छन् । आयोगले सुन तस्करीमा संलग्नलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको ठहर गरेको छ ।

आयोगले गृहमन्त्री लामिछानेलाई हिजो प्रतिवेदन बुझाएको थियो । लगत्तै उनले लामो समय लगाएर प्रतिवेदन अध्ययन गरेका थिए । प्रतिवेदनले सुन तस्करीमा संलग्न मुख्य अभियुक्तहरुलाई नै बचाउने गरी अनुसन्धान गरिएको देखाएको छ ।

गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा बचाउन खोजिएका व्यक्ति र बचाउन खोज्ने दुवैविरुद्ध एक्सन लिने तयारी गरेका छन् । त्यसका लागि उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै छन् ।

उनले आजै गृहसचिव र प्रहरी प्रमुखसहितको बैठक बोलाएका छन् । यो बैठकलगत्तै उनले कारबाही गर्ने बताइएको छ ।