५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.विष्णुमाया परियारलाई बद्री पहाडी समाजसेवा पुरस्कार



अ+ अ-

काठमाडौं । मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अधिकारकर्मी डा. विष्णुमाया परियारलाई वर्ष २०८० को ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ ।

प्रत्येक वर्ष प्रदान गरिने रु। १ लाख १० हजार राशीको यो पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सुपरिचित डा। परियारलाई प्रदान गर्ने निर्णय २०८० फागुन ३० गते सम्पन्न शान्ति समाजको पुरस्कार छनौट समितिले गरेको हो । साढे दुई दशक भन्दा बढी अधिकारको आन्दोलनमा योगदानका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्मानित सामाजिक न्यायका लागि क्रियाशील अभियन्ता डा। विष्णुमाया परियारले विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा अतिथि वक्ताको रुपमा मन्तव्य व्यक्त गर्दै आउनुभएको छ ।

सन् १९७३ को डिसेम्वर १९ मा गोरखामा जन्मनुभएकी डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ । यसैगरी उहाँको जीवन संघर्षको गाथा विश्व चर्चित एक प्रकाशनगृहद्वारा प्रकाशित पुस्तकमा समेत समावेश छ ।

अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल ९एड्वान०का संस्थापक अध्यक्ष डा.परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ भने पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि.लिट (डक्टर अफ लेटरस्) ले सम्मान गरेको थियो । हाल अमेरिकामा रहनुभएकी डा. परियारका दुई वटा कृति प्रकाशित छन् ।