२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छः सन्तोष परियार

यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छः सन्तोष परियार
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले वर्तमान सरकार देश र जनताको हितमा काम गरुञ्जेल टिक्ने बताउनुभएको हो । उहाँले सरकार संविधानले व्यवस्था गरे अनुरुपको जनताको अधिकार सुनिश्चित गर्ने बाटोमा रहेसम्म रहिरहने बताउनु भयो । उहाँले वर्तमान राजनीतिक व्यवस्था, समावेशिता तथा कानून निर्माणको सम्बन्धमा प्रश्न उठेपछि नयाँ सरकार बनाउन रास्वपाले पहलकदमी लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजनीतिक स्थायित्व कायम होस् भन्ने हाम्रो चाहना हो । त्यसको लागि हामीले हिजो सरकारमा नगएर पनि समर्थन दिएकै थियौँ । तर अहिले यो व्यवस्था माथिका जुन किसिमका वहशहरु भए, समावेशितामाथि जुन किसिमका प्रश्नहरु भए, सरकार बनाउने, काम केही नगर्ने, कानून नबनाउने, नीति, नियम नबनाउने यो भएको भएर अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि चुप लागेर बस्नुहुँदैन भनेर हामीले एउटा पहलकदमी लिएका हौँ ।

यो सरकार देश र जनताको हितमा काम गरुञ्जेलसम्म टिक्छ । जुन दिन देश र जनताको हितमा काम गर्दैन, जुन दिन अन्य सरकारले जस्तै यसले अर्को बाटो अपनाउँछ । त्यो दिन सरकार रहनुपनि हुँदैन भन्ने हाम्रो मान्यता हो । तर जतिबेला सम्म हाम्रो संविधानले व्यवस्था गरे अनुसारको जनताका अधिकारहरुलाई सुनिश्चित गर्ने बाटोमा लाग्छ । जतिबेला सम्म देश र जनताको हितमा काम गर्छ, यो सरकार रहिरहन्छ ।’

उहाँले गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको भरमा प्रश्न उठाउने नैतिकता कसैको नभएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेलाई प्रश्न गर्नेहरुले नै प्रधानमन्त्री पदको अफर गरेको भन्दै सो प्रश्नको कुनै गाम्भिर्यता नभएको बताउनु भयो ।