१४ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो संसद रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोशिस हुँदैनः योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म सरकार कायम रहने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार कायम रहने बताउनुभएको हो । उहाँले अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको बताउनु भयो । उहाँले अर्को कुनै सरकार बनाउने कोशिस नहुने पनि बताउनु भयो । सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै उहाँले सरकारलाई आगामी चार वर्षसम्म अगाडी बढाउने दायित्व एमालेकै भएको बताउनु भयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समिकरणलाई अविश्वासतिर नधकेल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)को समर्थनमा आज १५७ जना माननीयज्यूहरुले विश्वासको मतमा मत दिनुभएको छ । र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले विश्वासको मत पाउनुभएको छ । विश्वासको मत पाउनु भनेको मतलव यो संसद रहँदासम्म यो सरकार कायम रहन्छ । किनकी यो संसदको लागि यो लगलग अन्तिम विकल्प हो । त्यसैले अब अर्को कुनै सरकार बनाउने कोशिस हुँदैन ।

यो सरकारको निर्णायक शक्ति नै नेकपा(एमाले) छ । प्रधानमन्त्रीको रुपमा प्रचण्डजीलाई हामीले स्वीकारेका छौँ । त्यसो हुँदा नेकपा(एमाले)को दायित्व छ कि यो सरकारलाई आउने चार वर्षसम्म अगाडी बढाउने । यो संसदलाई आउने चार वर्षसम्म अगाडी बढाउने । र मुलुकमा व्याप्त भएका कतिपय समस्याहरुको सकारात्मक निकास दिने । जनतामा भएको निराशालाई आशामा बदल्ने । अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने ।

अर्थतन्त्रलाई सन्तुलित बनाउने । र अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसदबाट आवश्यक विधेयकहरु संसदमा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयन सँग सम्बन्धित ऐनहरुलाई छिटोभन्दा छिटो संसदबाट अगाडी बढाउने । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने । ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर हामी गठबन्धनलाई, सत्ता समिकरणलाई अविश्वासतिर धकेल्न चाहँदैनौँ ।’

उहाँले एमालेले प्रधानमन्त्री पदलाई नपर्खिएको बताउनु भयो ।