१ असार २०८३, सोमबार
,
Latest
मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु भएको पुष्टि



अ+ अ-

कराँची । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।

गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य शुरू गरेका थिए ।

सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराईबाट निकालिएको छ ।”

“बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन् ।

पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुङ्गा पल्टिँदा डुङ्गामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो ।

पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुङ्गा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुङ्गा प्राय: ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ ।




भर्खरै