२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्रुमसँग म्यानचेस्टरको बराबरी



अ+ अ-

लन्डन । ग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–१ को बराबरी निकालेको छ । ब्रुनो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसअघि एमबाये डिग्नीको गोलले वेस्ट ब्रुमले सुरुमै अग्रता लिएको थियो । यो जितपछि म्यानचेस्टर दोस्रो स्थानमा उक्लेको छ तर शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकले पछाडि छ ।

सिटीको ५३ अंक छ । आइतबारका अन्य खेलमा आर्सनलले लिड्सलाई ४–२, फुलहमले एभरटनलाई २–० र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले हराए ।