२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियामाथि रियलको जित



अ+ अ-

म्याड्रिड । आइतबार स्पेनी ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियामाथि २–० को सहज जित निकालेको छ । यसमा केरिम बेन्जेमाले पहिलो गोल गरे ।

यो उनको सिजनको १७ औं गोल रह्यो । भ्यालेन्सियामाथि पाहुना टिमको प्रभुत्व रहेको खेलमा रियलका लागि टोनी क्रुसले दोस्रो गोल थपे । पूरा खेल अवधिमा भ्यालेन्सियाले कुनै पनि राम्रो अवसर सिर्जना गर्न सकेन ।

यो जितपछि रियलको ४९ अंक भएको छ जुन उसको तुलनामा दुई खेल कम खेलेर शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग पाँच अंकको दूरी हो । रियल दोस्रो स्थानमा छ ।