२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार भनेको के हो ? के सेयर बजार जुवा घर हो ? अब प्रष्ट हुनुहोस्



अ+ अ-

काठमाडौं । केही व्यक्तिले सेयर बजारलाई जुवा घर ठान्छन् र केही व्यक्तिहरूले यसलाई खतरनाक खेलको शीर्षक पनि दिन्छन्। मेरो विचारमा तेस्तो हैन र म सेयर खरीद गर्दा कुनै खतरा पनि देख्दिन यदी राम्रोसँग बुझेर गरेको खण्डमा। यदि तपाई सेयर बजारमा राम्रो अध्ययन बिना हचुवा वा हल्लाको भरमा सेयर किन्नु हुन्छ भने पक्कै पनि यो तपाईंको लागि जुवा र खतरनाक खेल हुन सक्छ। यो बजारमा लगानी गर्दा सधै एउटा कुरा याद राख्नु पर्छ “लोभले लाभ लाभले बिलाप”, भन्नुको अर्थ नाफाको लोभले आफुले थेग्न सक्ने भन्दा धेरै जोखिम मोल्नु हुँदैन नत्र अफुसँग भएको पनि गुम्न सक्छ।

कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि सेयर जारी गर्ने गर्छन्। त्यही सेयर खरिद बिक्री गर्ने बाजार नै सेयर बजार हो। सेयर बाजारलाई दुई भागमा विभाजन गर्न सकिन्छ प्राथमिक बजार र दोस्रो बजार। धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ ।

तपाईंले आफुसँग भएको अतिरिक्त पूंजी बजारमा लगानी गर्न सक्नु हुन्छ र आफुलाई पूंजी आवश्यक परेको बेलामा बिक्री पनि गर्न सक्नु हुन्छ । यहाँ लगानी गर्न धेरै ठुलो लगानी चाहिदैन, तपाईंसँग भएको थोरै थोरै रकमले पनि सुरु गर्न सक्नुहुन्छ । नेपालमा धितोपत्र करोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) छ। सेयर बजारमा स्टक एक्सचेन्ज, ब्रोकर र लगानीकर्ता हुन्। नेप्सेमा सूचीबद्ध कम्पनीको सेयरहरू ब्रोकर मार्फत खरिद बिक्री गरिन्छ। ग्राहकहरू सेयर किन्न वा बेच्न सीधा गर्न सक्दैनन्, उनिहरु ब्रोकर मार्फत मात्र कारोबार गर्न सक्छन्। सेयर बजारमा म्युचुअल फन्ड, बन्डहरू पनि ट्रेड कारोबार हुन्छन्।

नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो र निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं. २०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।