१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालले आज विश्वासको मत माग्दै, कति पाउलान् ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाभित्रै तेस्रो पटक आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धन परिवर्तन गरेपछि अर्को पटक विश्वासको मत लिन लागेका हुन् । उनलाई यसअघि नेपाली कांग्रेसले दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

पुरानो गठबन्धन दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि दाहालले विश्वासको मत प्रमाणित गर्नुपरेको हो । गठबन्धनप्रति प्रधानमन्त्रीले धोका दिएको भन्दै कांग्रेसले विश्वासको मत फिर्ता लिएको थियो ।

अहिले सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन् । उनीहरुले दाहाललाई विश्वासको मत दिने निर्णण गरिसकेका छन् । यी दलले आफ्ना सांसदलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । यसबाहेक चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालले गठबन्धन पाँच दल र नागरिक उन्मुक्ति पार्टीको सबै मत लिन सके १ सय ५६ मत प्राप्त गर्ने छन् । तर नागरिक उन्मुक्ति पार्टीमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विवाद छ । उसको मत नआए पनि दाहालले १ सय ५२ भोट प्राप्त गर्ने छन् । विश्वासको मत पाउन १ सय ३८ मत ल्याउनैपर्छ । ८८ सांसद रहेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

यसअघि गत वर्षको चैत ६ गते प्रधानमन्त्री दाहालले दोस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । त्यस बेला गठबन्धनबाट अलग भएका एमाले र राप्रपाले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रनिनिधिसभामा विश्वासको मत लिनुपरेको थियो ।
विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । प्रतिनिधिसभामा २६२ सांसद विश्वासको मतमा सहभागी थिए । एक सांसदले भने मत दिन्न भन्ने पक्षमा आफ्नो मत राखेका थिए ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए । त्यसैगरी एमाले र राप्रपाका सांसदले उनको विपक्षमा मत हालेका थिए । नेमकिपा भने तटस्थ बसेको थियो ।

२०७९ साल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले त्यसको १६ दिनपछि पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यस बेला प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्रीलाई समर्थन गरेका थिए ।

तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएपछि उनले असाधारण बहुमत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मतदान गरेका थिए ।