२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दास्रो दिन सोमबार ३.७१ प्रतिशत बढ्यो नेप्से, सर्वाधिक हिस्सा निर्धन उत्थान लघुवित्तले ओगट्यो



अ+ अ-

काठमाडौं । सोमबार शेयर बजार ३.७१ प्रतिशतले बढेको छ। यसदिन बजार २ हजार ५८६.०१ विन्दुमा पुगेर बन्द भएको हो । २ हजार ५१७.४६ विन्दुदेखि खुलेको सोमबारको बजार अघिल्लो कारोबार दिनको तुलनामा ९२.४२ अंक बढेको हो ।

सोमबार रू. १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार बराबरको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर कारोबार भएको छ । २०५ वटा कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

आइतबार ३३.३३ अंकले घटेर बजार २ हजार ४९३.५९ विन्दुमा बन्द भएको थियो । यसदिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १५.३३ अंक अर्थात ३.३७ प्रतिशत बढेर ४६९.४४ विन्दुमा पुगेको छ । सोमबारको बजारबाट लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यसदिन लघुवित्त समूहको परिसूचक ८.७४ प्रतिशतले बढेको छ ।

११ वटा लघुवित्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन ३७ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा ३३ ओटा लघुवित्त कम्पनी रहेका छन् ।

कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ७० करोड ४८ लाख ४९ हजार बराबरको शेयर कारोबार भएको हो ।

१० प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरुमा छिमेक लघुवित्त, ग्रामिण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्त र स्वाभिमान लघुुवित्त रहेका छन् ।सोमवार कारोबारमा आएका १२ वटा समूहकै परिसूचक बढेको छ ।

यस दिन बैंकिङको ३.२१ प्रतिशत, व्यापारिकको २.४८ प्रतिशत, होटल्सको १.१७ प्रतिशत, विकास बैंकको १.९१ प्रतिशत, जलविद्युतको ३.३९ प्रतिशत, वित्तको २.९६ प्रतिशत, निर्जीवन बीमाको ३.४५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.७७ प्रतिशत, अन्यको ३.१५ प्रतिशत, जीवन बीमाको ३.८६ प्रतिशत र म्युचुअल फण्डको १.४५ प्रतिशत परिसूचक बढेको हो । 

नेप्सेले उच्च विन्दु कायम गरेको दिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ४.०३ विन्दुले घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. १४३ कायम भएको हो ।