२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु

साताको दास्रो दिन सोमबार ३.७१ प्रतिशत बढ्यो नेप्से, सर्वाधिक हिस्सा निर्धन उत्थान लघुवित्तले ओगट्यो

साताको दास्रो दिन सोमबार ३.७१ प्रतिशत बढ्यो नेप्से, सर्वाधिक हिस्सा निर्धन उत्थान लघुवित्तले ओगट्यो
अ अ+ अ-

काठमाडौं । सोमबार शेयर बजार ३.७१ प्रतिशतले बढेको छ। यसदिन बजार २ हजार ५८६.०१ विन्दुमा पुगेर बन्द भएको हो । २ हजार ५१७.४६ विन्दुदेखि खुलेको सोमबारको बजार अघिल्लो कारोबार दिनको तुलनामा ९२.४२ अंक बढेको हो ।

सोमबार रू. १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार बराबरको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर कारोबार भएको छ । २०५ वटा कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

आइतबार ३३.३३ अंकले घटेर बजार २ हजार ४९३.५९ विन्दुमा बन्द भएको थियो । यसदिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १५.३३ अंक अर्थात ३.३७ प्रतिशत बढेर ४६९.४४ विन्दुमा पुगेको छ । सोमबारको बजारबाट लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यसदिन लघुवित्त समूहको परिसूचक ८.७४ प्रतिशतले बढेको छ ।

११ वटा लघुवित्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन ३७ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा ३३ ओटा लघुवित्त कम्पनी रहेका छन् ।

कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ७० करोड ४८ लाख ४९ हजार बराबरको शेयर कारोबार भएको हो ।

१० प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरुमा छिमेक लघुवित्त, ग्रामिण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्त र स्वाभिमान लघुुवित्त रहेका छन् ।सोमवार कारोबारमा आएका १२ वटा समूहकै परिसूचक बढेको छ ।

यस दिन बैंकिङको ३.२१ प्रतिशत, व्यापारिकको २.४८ प्रतिशत, होटल्सको १.१७ प्रतिशत, विकास बैंकको १.९१ प्रतिशत, जलविद्युतको ३.३९ प्रतिशत, वित्तको २.९६ प्रतिशत, निर्जीवन बीमाको ३.४५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.७७ प्रतिशत, अन्यको ३.१५ प्रतिशत, जीवन बीमाको ३.८६ प्रतिशत र म्युचुअल फण्डको १.४५ प्रतिशत परिसूचक बढेको हो । 

नेप्सेले उच्च विन्दु कायम गरेको दिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ४.०३ विन्दुले घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. १४३ कायम भएको हो ।