• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

गृहमन्त्री रविले प्रहरीलाई भने– ‘मलाई होइन, तपाईंलाई सलाम गर्न पाऊँ’



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कसैले गैरकानुनी धन्दा गरेको भए तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत् प्रहरीलाई निर्देशन दिँदै कानुनअनुसार काम गर्न कसैको आदेश कुर्नु नपर्ने भनेका छन् । उनले प्रहरीलाई भनेका छन्– ‘तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुस् ।’

गृहमन्त्री रविले सामाजिक सञ्जालमा लेखेका छन्–
देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल
देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला)!!