९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री रविले प्रहरीलाई भने– ‘मलाई होइन, तपाईंलाई सलाम गर्न पाऊँ’



अ+ अ-

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कसैले गैरकानुनी धन्दा गरेको भए तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत् प्रहरीलाई निर्देशन दिँदै कानुनअनुसार काम गर्न कसैको आदेश कुर्नु नपर्ने भनेका छन् । उनले प्रहरीलाई भनेका छन्– ‘तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुस् ।’

गृहमन्त्री रविले सामाजिक सञ्जालमा लेखेका छन्–
देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल
देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला)!!