२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युकासललाई हराउँदै चेल्सी चौथोमा



अ+ अ-

लन्डन । चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई २–० ले हराएको छ । टिमो वार्नरले एक गोल गर्दै सहयोगी भूमिका खेलेपछि चेल्सीले जित निकालेको हो । यससँगै टोली अंक–तालिकाको चौथो स्थान उक्लिन सफल रह्यो ।

वार्नरले १४ खेलमा गर्न नसकेको गोलको खडेरी पनि तोडे । उनकै सहयोगमा ओलिभर जिरोडले गोलको खाता खोलेका थिए । यो जितपछि चेल्सीको २४ खेलबाट ४२ अंक भएको छ ।

समान ४२ अंकसाथ वेस्ट ह्याम पाँचौं स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन लिभरपुल ४० अंकसहित छैटौं स्थानमा झरेको छ । पराजित न्युकासल भने २५ अंकसाथ १७ औं स्थानमा छ ।