२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युकासललाई हराउँदै चेल्सी चौथोमा



अ+ अ-

लन्डन । चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई २–० ले हराएको छ । टिमो वार्नरले एक गोल गर्दै सहयोगी भूमिका खेलेपछि चेल्सीले जित निकालेको हो । यससँगै टोली अंक–तालिकाको चौथो स्थान उक्लिन सफल रह्यो ।

वार्नरले १४ खेलमा गर्न नसकेको गोलको खडेरी पनि तोडे । उनकै सहयोगमा ओलिभर जिरोडले गोलको खाता खोलेका थिए । यो जितपछि चेल्सीको २४ खेलबाट ४२ अंक भएको छ ।

समान ४२ अंकसाथ वेस्ट ह्याम पाँचौं स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन लिभरपुल ४० अंकसहित छैटौं स्थानमा झरेको छ । पराजित न्युकासल भने २५ अंकसाथ १७ औं स्थानमा छ ।