२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुनेछ- शिक्षा मन्त्री श्रेष्ठ

नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुनेछ- शिक्षा मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । मंगलबार सफलता एच.आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताउनुभएको हो । 

यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उहाँको भनाई छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो । आगामी दिनमा एच.आई.भी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एच.आई.भी. संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताउनुभयो । सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले सफलता एच.आई.भी. सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाउनुभएको छ । मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एच.आई.भी. शिक्षा सदनलाई आर्थिक सहयोग पनि गर्नुभएको थियो ।