२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत २ देखि टेबल टेनिस प्रतियोगित शुरु हुने



अ+ अ-

काठमाडौं । देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ । स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखी ७ गते सम्म सञ्चालन गर्ने बताएको हो । 

अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा एक हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल टिम, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल (४० वर्षमाथि) र मेन्स भेट्रान्स एकल (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्ने छन् । प्रतियोगिताको मेन्स र वुमेन्स एकल तर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् । भेट्रान्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट­­) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दिनु भएको छ । त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार प्रदान गरिनेछ । भ्याली कन्स्ट्रक्सन प्रालिको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनमानित लागत १९ लाख ५० हजार रहेको छ ।

मंगलबार नै स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र भ्याली कन्स्ट्रक्सनका एमडी रविन्द्र महर्जनले प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार भ्याली कन्स्ट्रक्सनले आयोजकले ९ लाख ७५ हजार उपलब्ध गराउने छ ।