१ पुष २०८२, मंगलवार
,
Latest
‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर पुगेपछि बिहे गर्ने सम्मानित



अ+ अ-

डोटी । जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको सो वडाका अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिनुभयो । बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो । “नवविवाहित दम्पतीको हामी माइती परेकाले गाडी भाडास्वरूप रु चार हजार एक सय २५ पनि दियौँ”, उहाँले भन्नुभयो ।

दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ । यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ । उहाँले भन्नुभयो, “यो कार्यक्रम सुरु भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौँ ।”

वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन् । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताउनुभयो । मुलुकी अपराध संहिता ऐन २०७४ मा २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था छ ।




भर्खरै