पेरिस । मंगलबार युरोपेली च्याम्पियन्स लिगमा भएको खेलमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ४–१ ले हराएको छ । केयलिन एमबापेको ह्याट्रिकमा पीएसजीले जित आत्मसाथ गरेको हो ।
लियोनल मेसीले पेनाल्टीबाट गरेको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।
त्यसपछि एमबापेले ३२, ६५ र ८५ औं मिनेटमा गोल गरे । त्यसबीच मोइस किनले पनि पीएसजीका लागि एक गोल थपे । अब दोस्रो लेगमा पीएसजीले आफ्नो घरेलु मैदानमा यो अग्रतालाई रक्षा गर्ने प्रयास गर्नेछ ।