• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

खुलामञ्चमा चल्यो डोजर, हेरौं तस्बिरहरु (फोटोफिचर)



काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामंच भित्र बनाइएका संरचना हटाउन थालेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए ।

दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन । काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

आज बिहानबाट (बुधबार) महानगरले डोजर लगाएर त्यस भित्र रहेका  घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहनु भएका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिन भित्र खुलामञ्च खाली गरिने बताउनु भयो। खुलामञ्च भित्र अहिले वीर अस्पताल बनाईरहेको चिनिया निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ ।

(फोटोफिचर)