२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हङकङसँग ७३ रनले पराजित



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । केहीबेरअघि सम्पन्न खेलमा हङकङले नेपाललाई ७३ रनले हराएको हो ।

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रनमै अलआउट भयो । नेपालका विनोद भण्डारीले ४२, आरिफ शेखले ३८ र रोहित पौडेलले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ हङकङका अइजाज खानले ४, एहसान खानले ३ तथा अतिक इकवाल र नसरुल्ला राणाले १-१ विकेट लिए ।

त्यसअघि मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन जोड्यो ।

हङकङका लागि बाबर हायातले शतक बनाए । ४९ बलमात्र खेलेका उनले १३ छक्का र ३ चौकाको मद्दतमा ११० रन जोडे । यस्तै अन्सि रथले ३९, मार्टिन कोएत्जेले ३१ रन जोड्दा अइजज खान २१ रनमा अविजित रहे ।

बलिङतर्फ आकाश चन्दले ३ तथा रशिद खान, प्रतिश जिसि र आरिफ शेखले १-१ विकेट लिए । आकाशको यो डेब्यु खेलसमेत हो ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।