२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी कार्यालय की कवाड खाना ? (फोटो फिचर)



अ+ अ-

वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर ती सवारीसाधनको प्रयोग भएको छैन । कवाडीको रुपमा हजारौँ सवारीसाधनहरु प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ ।

थुपारीएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन । कतिपय सवारी साधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पती खेर गइरहेको छ । वर्षौँदेखि थन्किएका सवारी साधान केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्नसक्ने अवस्थाका पनि छन् ।

तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन् । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारी साधनको चाङ देखिन्छ ।

यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन् । तर कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन् । ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ । यसरी होल्ड भएका सवारी साधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पुर्याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन् ।

तर केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन् । जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ । चाङ लागेका सवारी साधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाड खाना ? एकछिन सोच्न बाध्य बनाउँछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रहरी कार्यालयमा थन्किएका सवारी साधनहरु ।