११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस वर्ल्डको फाइनल आज मुम्बईमा हुँदै



अ+ अ-

एजेन्सी । भारतले २७ वर्षपछि मिस वर्ल्ड आयोजना गर्दैछ । मिस वर्ल्ड(२०२३ को फाइनल आज साँझ मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुँदैछ । जसमा फेमिना मिस इन्डिया–२०२२ की विजेता सिनी शेट्टीले भारतको प्रतिनिधित्व गर्नेछिन् ।

मिस वर्ल्ड संसारको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो । तर, यो बेलाबेलामा विवादमा पर्ने गर्दछ । सन् १९९६ मा भारतको बेंगलुरुमा आयोजना गर्दा कर्नाटकभर आन्दोलन सुरु भयो । त्यही क्रममा सन् १९७० मा बेलायतमा भएको एक कार्यक्रममा ६० जना महिलाले हलमा सडेको पीठोको गोला हानेका थिए ।

दोस्रो विश्वयुद्धको केही वर्षपछि बेलायती सरकारले ‘फेस्टिभल अफ ब्रिटेन’ कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रमको आयोजनाको जिम्मेवारी लण्डन कम्पनी मक्का लिमिटेडको थियो । यस कम्पनीका प्रचार निर्देशक, एरिक मोर्ली, अधिकतम भीड जम्मा गर्न चाहन्थे । यसका लागि उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरे ।

अमेरिकन पब्लिक ब्रोडकास्टिङ सर्भिसका अनुसार सन् १९५१ मा पहिलो पटक मिस वर्ल्ड प्रतियोगिता आयोजना गरिएको थियो । यो प्रतियोगिता बेलायतले आयोजना गरेको थियो । एरिक मोर्ली यस प्रतियोगितामा सहभागी मोडलहरूको ड्रेस कोड बिकिनी होस् भन्ने चाहन्थे । आयरल्याण्ड र स्पेनले ड्रेस कोड बिकिनी भएमा कार्यक्रममा भाग नलिने धम्की दिए । यसपछि वान पिस बाथिङ सूट लगाउने निर्णय गरियो ।

१९५१ मा, मानिसहरूको ठूलो भीड यो कार्यक्रम हेर्न जम्मा भयो । त्यसपछि हरेक वर्ष यो कार्यक्रम गर्ने निर्णय भयो । टिभीको सुरुवातपछि यो कार्यक्रमको लोकप्रियता झनै बढ्यो ।