१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहिनीको मृत्यु भएको केही घण्टापछि दिदीको पनि मृत्यु, रहिनन् ‘झनक’ फेम डली सोही



अ+ अ-

एजेन्सी । ‘झनक’ फेम अभिनेत्री डली सोहीको निधन भएको छ । आफ्नी बहिनी अमनदीपको निधन भएको केही घण्टामै अभिनेत्रीले पनि यस संसारलाई बिदा गरिन् । ४८ वर्षको उमेरमा डली पाठेघरको मुखको क्यान्सरसँग लड्दै थिइन् ।

डोलीकी बहिनी अमनदीप सोहीको गएराति निधन भएको हो । जण्डिसका कारण अमनदीपको मृत्यु भएको थियो । डलीको क्यान्सरका कारण निधन भएको हो । डलीका भाइ मनु सोहीले उनको मृत्युको पुष्टि गरेका छन् ।

ईटाइम्सको रिपोर्ट अनुसार डलीको परिवारले भने( आज बिहानै डलीको मृत्यु भएको छ । छोरीको मृत्युले हामी सबै स्तब्ध भएका छौं । अभिनेत्रीका भाइ मनुले बहिनी अमनदीप सोहीको निधन भएको पुष्टि गरेका थिए । त्यसको केही समयपछि अर्की बहिनी डली सोहीको पनि मृत्युको खबर आयो ।

दिवंगत अभिनेत्रीका भाइ मनु सोहीले भने– यो सत्य हो कि अमनदीप अब रहेनन् । उनलाई जन्डिस भएको थियो, तर हामी डाक्टरहरूबाट थप जानकारी लिन सक्ने अवस्थामा छैनौं । अमनदीपको बारेमा कुरा गर्दा मनुले डलीको स्वास्थ्यको बारेमा पनि बताएका थिए ।

उनले डलीको अवस्था गम्भीर नभए पनि अस्पतालमै आराम गर्न भनिएको बताए । तर, आज बिहान डलीको पनि निधन भयो । डलीलाई गत वर्ष २०२३ मा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको थियो । डलीले ‘भाभी’, ‘कलश’, ‘मेरी आशिकी तुम से ही’, ‘झाँसी की रानी’ जस्ता शोमा काम गरेकी थिइन् ।




भर्खरै