• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

बहिनीको मृत्यु भएको केही घण्टापछि दिदीको पनि मृत्यु, रहिनन् ‘झनक’ फेम डली सोही



एजेन्सी । ‘झनक’ फेम अभिनेत्री डली सोहीको निधन भएको छ । आफ्नी बहिनी अमनदीपको निधन भएको केही घण्टामै अभिनेत्रीले पनि यस संसारलाई बिदा गरिन् । ४८ वर्षको उमेरमा डली पाठेघरको मुखको क्यान्सरसँग लड्दै थिइन् ।

डोलीकी बहिनी अमनदीप सोहीको गएराति निधन भएको हो । जण्डिसका कारण अमनदीपको मृत्यु भएको थियो । डलीको क्यान्सरका कारण निधन भएको हो । डलीका भाइ मनु सोहीले उनको मृत्युको पुष्टि गरेका छन् ।

ईटाइम्सको रिपोर्ट अनुसार डलीको परिवारले भने( आज बिहानै डलीको मृत्यु भएको छ । छोरीको मृत्युले हामी सबै स्तब्ध भएका छौं । अभिनेत्रीका भाइ मनुले बहिनी अमनदीप सोहीको निधन भएको पुष्टि गरेका थिए । त्यसको केही समयपछि अर्की बहिनी डली सोहीको पनि मृत्युको खबर आयो ।

दिवंगत अभिनेत्रीका भाइ मनु सोहीले भने– यो सत्य हो कि अमनदीप अब रहेनन् । उनलाई जन्डिस भएको थियो, तर हामी डाक्टरहरूबाट थप जानकारी लिन सक्ने अवस्थामा छैनौं । अमनदीपको बारेमा कुरा गर्दा मनुले डलीको स्वास्थ्यको बारेमा पनि बताएका थिए ।

उनले डलीको अवस्था गम्भीर नभए पनि अस्पतालमै आराम गर्न भनिएको बताए । तर, आज बिहान डलीको पनि निधन भयो । डलीलाई गत वर्ष २०२३ मा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको थियो । डलीले ‘भाभी’, ‘कलश’, ‘मेरी आशिकी तुम से ही’, ‘झाँसी की रानी’ जस्ता शोमा काम गरेकी थिइन् ।