११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ९.९४ अंकले बढेको दिन २०३ कम्पनीको कारोबार, ८ अर्बमाथिको शेयर खरीविक्री



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ०.३८ प्रतिशत अर्थात ९.९४ अंक बढेर २ हजार ६११.४५ विन्दुमा पुगेको छ । यस दिन शेयर बजारमा रू. ८ अर्ब ३ करोड ५५ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ ।

यो दिन बजार २ हजार ६१९.८१ विन्दुदेखि खुला भएको थियो । बजार खुला भएको एक मिनेटमै २ हजार ६२३.६४ विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स ०.३१ प्रतिशत बढेर ४७५ विन्दुमा पुगेको हो । 

२०३ वटा कम्पनीको ७६ हजार ६३० पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर कारोबार भएको हो । अघिल्लो दुई कारोबार दिनमा रू. १० अर्बभन्दा बढीको कारोबार भएकोमा बुधबार कारोबार रकममा कमि आएको हो ।

यस दिन बजारमा उतारचढाब देखिएपनि बैंकिङ र व्यापारिक समूहले सर्वाधिक कमाएका छन् । यो दिन व्यापारिक समूहको २.०२ प्रतिशत, बैंकिङको १.५८ प्रतिशत, विकास बैंकको ०.१३ प्रतिशत, अन्यको ०.५१ प्रतिशत र म्युचुअल फण्डको ०.५७ प्रतिशत परिसूचक बढेको हो । 

बाँकी ७ वटा समूहको परिसूचक भने यो दिन घटेको छ । होटल र जलविद्युतको ०.७५ प्रतिशत, वित्तको ०.०९ प्रतिशत, निर्जीवन बीमाको १.०२ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.४८ प्रतिशत, लघुवित्तको १ प्रतिशत र जीवन बीमाको ०.७७ प्रतिशत परिसूचक घटेको हो । 

बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँगै कर्पोरेट डेभलपमेण्ट बैंकको ९.८९ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९.८३ प्रतिशत र समृद्धि फाइनान्सको शेयरमूल्य ९.५० प्रतिशत बढेको छ ।
 
यो दिन कर्पोरेट डेभलपमेण्टको प्रतिकित्ता रू. ६५ ले बढेर अन्तिम मूल्य रू. ७२२, हिमालयन उर्जा विकास कम्पनीको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२४ र समृद्धि फाइनान्सको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १९६ कायम भएको हो । 

यसदिन सनराइज फस्टको इकाईमूल्य सर्वाधिक ४.५३ प्रतिशतले घटेको छ । प्रतिइकाई रू. ०.५६ ले घटेर यस फण्डको इकाई मूल्य रू.११.८० कायम भएको हो ।

यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ओगटेको छ । आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको उक्त कम्पनीको बुधबार सर्वाधिक रू.६९ करोड ४३ लाख ६१ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबारसँगै यो दिन उक्त कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. ३४० देखि खुला भएको कम्पनीको शेयरमूल्य कारोबारको चौथो दिन अन्तिम मूल्य रू.४९७ कायम भएको हो ।

उक्त कम्पनीपछि नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू.४१ करोड १६ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. २६ ले बढेर रू. १ हजार ३९१ कायम भएको छ ।