२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कार , संस्कृति गौरव र सम्पत्ति हुन्ः सभामुख घिमिरे



file photo
अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् भन्ने कामना व्यक्त गनुभएको छ ।

उहाँले महाशिवरात्रि पर्वका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक सांस्कृतिक महत्वको महाशिवरात्रि पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम गर्न सकोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।

“महाशिवरात्रि विश्वभरका हिन्दूहरु पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने गरेका छन्, महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “महाशिवरात्रि पर्वमार्फत पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।”

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र संस्कार एवं संस्कृतिमा फरक भएकैले नेपालीहरु आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् । विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।”

महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख छ । रासस