२ पुष २०८२, बुधबार
,
Latest
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडामा विद्यार्थीले रुममेटलाई चक्कु प्रहार गरे, ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । क्यानडाको राजधानी ओटावामा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ । ओटावा प्रहरीले श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीलाई आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको छ । मृत्यु हुनेमा श्रीलंकाली परिवारका चार बालबालिका पनि छन् ।

ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सले फाब्रिसियो डे(जोयसा भनेर चिनिने अभियुक्तले मानिसलाई धारिलो हतियारले आक्रमण गरेको बताए । उनीमाथि छ वटा फर्स्ट डिग्री हत्या र एक हत्या प्रयासको आरोप लगाइएको छ । प्रहरी अधिकारीले मृतकहरू हालै क्यानडा आएका श्रीलंकाली नागरिक रहेको बताए ।

जसमा ३५ वर्षीया आमा, सात वर्षीय छोरा, चार वर्षीया छोरी, दुई वर्षीया छोरी र साढे दुई महिनाकी छोरी रहेका छन् । साथै परिवारका चिनजानका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रहरी प्रमुखले घटनापछि बालबालिकाका बुबा घरबाट बाहिर निस्केर मानिसहरूलाई ९११ मा फोन गर्न आग्रह गरेका थिए । श्रीमान् पनि गम्भीर घाइते भएका छन् र अस्पतालमा भर्ना छन् । उनले निर्दोष जनतामाथिको हिंसाको यो मूर्खतापूर्ण कार्य भएको बताए ।

ओटावास्थित श्रीलंकाली उच्चायोगले पीडितको परिवार श्रीलंकाको रहेको बताएको छ । बुबा बाँचे तर श्रीमती र छोराछोरी मरे । उच्चायोगले कोलम्बोमा पीडितका आफन्तसँग सम्पर्कमा रहेको बताएको छ ।