२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : डर्टमन्ड र पोर्टो विजयी



अ+ अ-

पेरिस । बुधबार बोरुसिया डर्टमन्ड र एफसी पोर्टो विजयी भएका छन् । एफसी पोर्टो युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा डर्टमन्ड र एफसी पोर्टो विजयी भइको हो ।  इर्लिङले आफ्नो उत्कृष्ट लय कायम राख्दै दुई गोल गरेपछि डर्टमन्डले सेभियालाई उसको घरमा ३–२ ले हराएको हो ।

घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको डर्टमन्डले त्यसलाई बिर्साउने गरेर यो सफलता हात पारेको हो । अब दोस्रो लेगको खेल मार्च ९ मा जर्मन भूमिमा हुनेछ र त्यस अगाडि डर्टमन्ड अर्को चरणका लागि बलियो प्रत्यासी हुनेछ ।

अर्कोतर्फ पोर्टोले आफ्नो घरेलु मैदानमा प्रत्येक हाफको पहिलो मिनेटमा भएको गोलको मदतले युभेन्टसलाई २–१ ले हरायो । मेहदी तारेमीले पहिलो गोल गरेपछि मउसा मारेगोले दोस्रो गोल थपे ।

खेलको ८२औं मिनेटमा फेडरिको चिसाले युभेन्टसका लागि एक गोल फर्काउँदै अन्तिम १६ को टाईलाई रोमाञ्चक मोडमा पुर्‍याए । अब युभेन्टससामु आफ्नो मैदानमा हुने खेलमा पोर्टोको अग्रता उल्टाउन सक्ने अवसर हुनेछ ।