२ पुष २०८२, बुधबार
,
Latest
नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बाँकी कार्यकाल यसै सहयात्राबाट पूरा हुनेछः उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले एमाले, माओवादी केन्द्रसहितका दलहरुबिचको सहकार्यबाट प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै, सरकारलाई जनता र राष्ट्रका पक्षका दृढतापूर्वक काम गर्न सुझाव दिनुहुँदै उहाँले सरकारको आलोचना गर्ने प्रतिपक्षको अधिकारमा संकुचन हुनु नहुने पनि प्रस्ट पार्नुभयो । सरकारले गरेका राम्रा काममा रचनात्मक सहयोगको भूमिका निर्वाह गर्न पनि उहाँले प्रतिपक्षलाई आग्रह गर्नुभयो ।

यसमा अन्यथा भाव राखेर सोच्न हुँदैन,’ उहाँले भन्नुभयो, ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, स्प्रिङजस्तो घुम्छ ।’

स्वार्थको लेनदेनका आधारमा नभएर देश र जनतालाई केन्द्रमा राखेर सहयात्रा गरिएको भन्दै उहाँले प्रतिनिधिसभाको बाँकी कार्यकाल यही सहयात्राका आधारमा तय हुने दाहोर्याउनुभयो ।