२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७८० मिलिग्रामसहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोतिबहादुर रोकायलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ पूर्वेली दमार बस्ने २१ वर्षीय रञ्जन भोम्जनलाई नियन्त्रित लागुऔषध ट्रामाडोल चार हजार ८६० ट्याब्लेट र नाइट्राजेपाम ४५ ट्याब्लेटसहित आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम ३८० मिलिग्रामसहित तीन जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी-३ बस्ने बर्दगोरिया गाउँपालिका-६ घर भएका २४ वर्षीय निराजन डगौरा, धनगढी-३ मिलन चोक बस्ने डोटी जोरायल गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरज नेपाली र धनगढी-३ बस्ने भारत पलिया घर भएका १९ वर्षीय दिनेश गुप्ता रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच, प्रहरीले सोमबार मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको थियो ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१ बाट दुई, कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेबाट दुई, धनकुटाको धनकुटा नगरपालिका-२ गुराँसेबाट तीन, सुनसरीको इटहरी उपमहानगरपालिका-२ डम्फु चोकबाट दुई, कञ्चनपुरको कञ्चनपुरका विभिन्न स्थानबाट तीन, कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट एक, झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक,  चितवनको कालिका नगरपालिका-१ स्थित हरियाली टोलबाट एक र बाँकेको कोहलपुर नगरपालिका-४ गुवागाउँबाट एक जना पक्राउ परेका प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ । रासस