७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाटारमा पहिलोपल्ट ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता’ हुँदै



अ+ अ-

ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं ९, वडा कार्यालयले पहिलोपल्ट काठमाण्डौ उपत्यकाव्यापी ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता—२०८०’ आयोजना गर्ने भएको छ । वडा कार्यालयको सामाजिक विकास कार्यक्रम अन्तर्गतको करीव २ लाख रुपैयाँको लागतमा आउँदो चैत ९ र १० गते वडा कार्यालय हाता लामाटारमा सो प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष जयकृष्ण बोगटीले बताए ।

प्रतियोगितामा पहिलोे हुनेलाई मुख्य पुरस्कार स्वरुप नगद २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र चौथो हुनेलाई ८ हजार नगद, पदक र ट्रफि दिइने आयोजकले जनाएको छ । यसैगरि पाँचौदेखि दशौं स्थानसम्म हासिल गर्नेले पनि नगद पुरस्कार पाउने छन् ।

यसैगरि महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेको साथै १८ वर्ष मुनिका विजयी खेलाडीलाई पनि छुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा महालक्ष्मी नगरक्षेत्रबाट र ललितपुर जिल्लाबाट उत्कृष्ट हुने खेलाडीलाई पनि छुट्टाछुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा विजयी हुने विभिन्न उमेर समुहका खेलाडीलाई दिने गरि नगद १ लाख २३ हजार नगद पुरस्कार विनियोजन गरिएको छ भने प्रतियेगिता सञ्चालन गर्न करीव २ लाख रुपैयाँ खर्च हुने वडा अध्यक्ष बोगटीले बताए ।

महिला, पुरुष र १८ वर्ष मुनि उमेर समुहका बुद्धिचालका जो कोही खेलाडीले भाग लिन पाउने सो प्रतियोगितामा महालक्ष्मी नगरका खेलाडीलाई नि:शुल्क र अन्य जिल्लाका खेलाडीलाई नाम दर्तावापत प्रति पुरुष खेलाडी ५ सय र महिला तथा १८ वर्ष मुनिका खेलाडीलाई जनही ३ सय रुपैया नाम दर्ता शुल्क तोकिएको छ ।