• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन ★   कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?– तस्बिरहरु ★   इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ ★   नक्कली डाक्टर पक्राउ ★   जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते ★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने

लामाटारमा पहिलोपल्ट ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता’ हुँदै



ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं ९, वडा कार्यालयले पहिलोपल्ट काठमाण्डौ उपत्यकाव्यापी ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता—२०८०’ आयोजना गर्ने भएको छ । वडा कार्यालयको सामाजिक विकास कार्यक्रम अन्तर्गतको करीव २ लाख रुपैयाँको लागतमा आउँदो चैत ९ र १० गते वडा कार्यालय हाता लामाटारमा सो प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष जयकृष्ण बोगटीले बताए ।

प्रतियोगितामा पहिलोे हुनेलाई मुख्य पुरस्कार स्वरुप नगद २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र चौथो हुनेलाई ८ हजार नगद, पदक र ट्रफि दिइने आयोजकले जनाएको छ । यसैगरि पाँचौदेखि दशौं स्थानसम्म हासिल गर्नेले पनि नगद पुरस्कार पाउने छन् ।

यसैगरि महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेको साथै १८ वर्ष मुनिका विजयी खेलाडीलाई पनि छुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा महालक्ष्मी नगरक्षेत्रबाट र ललितपुर जिल्लाबाट उत्कृष्ट हुने खेलाडीलाई पनि छुट्टाछुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा विजयी हुने विभिन्न उमेर समुहका खेलाडीलाई दिने गरि नगद १ लाख २३ हजार नगद पुरस्कार विनियोजन गरिएको छ भने प्रतियेगिता सञ्चालन गर्न करीव २ लाख रुपैयाँ खर्च हुने वडा अध्यक्ष बोगटीले बताए ।

महिला, पुरुष र १८ वर्ष मुनि उमेर समुहका बुद्धिचालका जो कोही खेलाडीले भाग लिन पाउने सो प्रतियोगितामा महालक्ष्मी नगरका खेलाडीलाई नि:शुल्क र अन्य जिल्लाका खेलाडीलाई नाम दर्तावापत प्रति पुरुष खेलाडी ५ सय र महिला तथा १८ वर्ष मुनिका खेलाडीलाई जनही ३ सय रुपैया नाम दर्ता शुल्क तोकिएको छ ।