• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर ★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा

पूजामाथि समीक्षाको कटाक्ष, ‘बहुरुपी औरत’ भन्दै यसरी खनिइन्



काठमाडौं । गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि कटाक्ष गरेकी छन् । उनले पूजालाई सामाजिक सञ्जलमार्फत ‘बहुरूपी औरत’ को संज्ञासमेत दिएकी हुन् ।

समीक्षाले फेसबुकमा लेखेकी छन्

‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ ।

हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ ।

आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ ।

बहुरूपी औरत ।’

अभिनेता पल शाह जेल पर्दा पूजाले पलको पक्षमा प्रतिक्रिया दिइन् ।
पल जेलबाट निस्केपछि भने पूजाको पलसँग सम्बन्ध चिसियो । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् ।

पछिल्ला दिनहरुमा फेरि पल र पूजाको मिलन भएको छ । पूजाले पलको चर्चा गर्दै हिँड्न थालेकी छ्न् । यसैलाई लिएर समीक्षाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी हुन् ।