२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएनआईपिए स्पोर्टस अवार्डको तयारी सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी स्थित नगरपालिकाको निगु पुखुमा वितरण हुने अवार्डको तयारी पूरा भएको जनाएको हो । 

अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १-१ लाख रुपैयाँ पाउने छन् । 

उत्कृष्ट खेलाडीले जनही १०-१० हजार पाउने आयोजकले जनाएको छ । प्रतिभावान महिला र पुरुष खेलाडीले ५०-५० हजार रुपैयाँ पाउने छन् । संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको एनएनआईपिएका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०-५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

संघले प्रदान गर्ने अवार्डमा यस पटक १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ । संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट गरी अवार्ड प्रदान गर्नेछ ।