२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको बलियो लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक योगदान दिए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए । दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलले ५९ रनको साझेदारी गरे । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाएर आउट भए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्कासहित २६ रन बनाउदा कुशल भुर्तेलले २० रन जोडे । एक समय १७ ओभरमा १५८/४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८-८ को स्थितिमा पुगेको थियो ।सोमपाल कामी र प्रतिस जिसी ५ बलमा ६/ ६ रन बनाउदै अविजित रहे ।

नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २/२ विकेट हात पारे।