२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण



अ+ अ-

काठमाडाैँ । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जित्नुभएको छ ।
‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजना अन्तर्गत कालाखेतीले ईभी जित्नुभएको हो । आईएमईले मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ ।

यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जित्नुभएको छ भने १२ जनाले आइफोन १७ जित्नुभएको छ । विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजबाट शुरु गर्न लागिएको रेमिट्यान्स सेवा हाल डिजिटल युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले साउदी अरबमा काम गर्ने नेपालीहरुले टिग्मोबाट आईएमईमा पैसा पठाउन आग्रह गर्नुभयो ।

आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले गर्ने प्रमोसन क्याम्पेनहरु मार्केटिङको लागि मात्रै नभई सेवाग्राहीको व्यत्तिगत वा परिवारको हितमा हुनेगरी ल्याउने गरेको बताउनु भयो । उहाँले कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरु संचालनमा ल्याउने जानकारी दिनुभयो ।

आईएमइले पुस २१ देखि चैत १७ सम्म यो योजना सञ्चालनमा ल्याएको थियो । योजना अन्तर्गत ५ जनाले १० हजार रुपैयाँ नगद पुरस्कार समेत हात पार्नुभएको थियो । योजना अवधीभर ७५ जना विजेताहरुले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेताहरुको डिजिटल लक्की ड्रमार्फत छनोट गरिएको कम्पनीले जनाएको छ । आईएमईले मेगा पुरस्कारमा एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर र साप्ताहिक १२ जनालाई आइफोन १७ जित्ने ल्याएको थियो । साथै आईएमईले ‘टिग्मो एण्ड वीन फाईभ टाईम्स मोर’ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म संचालनमा ल्याउन लागेका पनि जानकारी दिएको छ ।